images
images

सुनको भाउले बनायो नयाँ रकेर्ड, सस्तियो चाँदी

सुनको भाउले बनायो नयाँ रकेर्ड, सस्तियो चाँदी

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    सुनको भाउले बनायो नयाँ रकेर्ड, सस्तियो चाँदी
    images
    images

    काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । 

    images
    images

    भन्सार घट्नुअघि बनाएको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । 

    सोमबारको तुलनामा मङ्गलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । गत कार्तिकमा नेपाली बजारमा सुनको मूल्य सबैभन्दा बढी १ लाख ७१ हजार रुपैयाँ तोला पुगेको थियो । 

    मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले सुन र चाँदीको भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । 

    सरकारको निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

    त्यसयता गत पुस ५ गते सुनको भाउ सबैभन्दा कम १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने उतारचढाव हुँदै सुनको भाउ आकाशिने क्रम जारी छ । 

    अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुन महँगिएको हो । मङ्गलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार