काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै मेयर बोलन भनेर बिर्सिन भन्दै नेपाली भएर बाँच्ने आधार माग गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एक नेपाली भएर बाँच्ने आधार दिन माग गरेका हुन् । प्रधानमन्त्री ओलीलाई ‘प्यारो प्रधानमन्त्री ज्यु’ भनेर सम्बोधन गर्दै उनले कवितात्मक शैलीमा अमेरिका र दुई छिमेकी देशले होच्याउने गरेको उल्लेख गरेका छन् ।
बालेन लेख्छन्,:–
प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो,
इन्डियाले भिकारी भनिसक्यो,
चीनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस्,
नेपाली भएर बाच्ने आधार त दिनुस ।