images
images

बाइकर्स क्याफेको '४०० रश’, विभिन्न उपहार र खानाको व्यवस्था

बाइकर्स क्याफेको '४०० रश’, विभिन्न उपहार र खानाको व्यवस्था

शुक्रवार, फागुन २ २०८१
शुक्रवार, फागुन २ २०८१
  • images
    images
    बाइकर्स क्याफेको '४०० रश’, विभिन्न उपहार र खानाको व्यवस्था
    images
    images

    काठमाडौँ / ४०० सीसी बाइक चालकलाई ध्यानमा राखेर बाइकर्स क्याफेले नगरकोटसम्मको एकदिने '४०० रश' को आयोजना गर्दैछ । 

    '४०० रश' भोली शनिबार ७ः०० बजे नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु हुँदैछ । त्यस यात्रामा ट्रायम्फ, एनएस, डोमिनार, केटिएम जस्ता बाइक चालकहरू मात्र सहभागी हुन सक्नेछन् । 

    उक्त यात्रामा बाइक चालकहरूका लागि रोमाञ्चक खेलहरू, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न गिफ्टहरू र तीन पटक खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

    सबैभन्दा रोमाञ्चक कुरा '४०० रश'’ मा सहभागी हुनेहरूले स्पीड फेस्ट २०२५ मा सामेल हुने विशेष अवसर पनि पाउने छन् । यो नेपालकै सबैभन्दा ठूलो बाइक महोत्सव हो, जहाँ सुपरबाइकहरूलगायत रकहेड्स र द एलमेन्ट्सको लाइभ म्युिजक, टेस्ट राइडहरू, स्टलहरू, रमाइला खेलहरू जस्ता धेरै आकर्षक कार्यक्रमहरू हुने आयोकले बताएका छन् ।

    बाइकर्स क्याफे काठमाडौँका बाईकिङ समुदायका लागि पर्यायवाची नाम हो । यस क्याफेले थुप्रै बाइक राइड र भेलाहरुको सफलतापूर्वक आयोजना गरिसकेको छ । “४०० रश’’ लाई पनि विशेष बनाउन प्रतिवद्ध रहेको क्याफेले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार