काठमाडौँ / ‘अनर एक्स नाइन बी’को सफलतापछि, सेलट्रोन नेपाल प्रा.लि.ले नेपालकै सबैभन्दा बलियो दावी गरिएको स्मार्टफोन – ‘अनर एक्स नाइन सि फाइभजी’ ल्याउने भएको छ ।
‘अनर एक्स नाइन बी फाइभजी’ आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० mahको दीर्घकालीन ब्याट्री, ३६० डिग्री एण्टी–ड्रप सुरक्षा, १०८एमपिको क्लीयर क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो ।
६.७८ इञ्चको घुमाउरो अलमोड डिस्प्ले, १२०Hz रिफ्रेश रेट र १२०० निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको कम्पनीको भनाइ छ ।
अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट 'अनर एक्सनाइनसी फाइभजी' बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको कम्पनीको भनाइ छ।