images
images

शुक्रबारको राशिफल : नाम, दाम र इनाम प्राप्त गर्ने योग कुन कुन राशि भएकालाई छ ?

शुक्रबारको राशिफल : नाम, दाम र इनाम प्राप्त गर्ने योग कुन कुन राशि भएकालाई छ ?

शुक्रवार, फागुन २ २०८१
शुक्रवार, फागुन २ २०८१
  • images
    images
    शुक्रबारको राशिफल : नाम, दाम र इनाम प्राप्त गर्ने योग कुन कुन राशि भएकालाई छ ?
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन २ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–द्धितीया, ३५ घडी ४८ पला, बेलुकी ९ बजेर ३ मिनेट उप्रान्त तृतीया । पूर्वाफाल्गुनी नक्षत्र, ३९ घडी ५२ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–अतिगण्ड, १  घडी ३१ पला, बिहान ७ बजेर २१ मिनेट उप्रान्त सुकर्मा । तैतिल करण, बिहान ८ बजेर २४ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह । आज कुन राशि भएकाको दिन कति शुभ कति अशुभ ? हेर्नुस् 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यर्थको कुरामा धन र समय खर्च हुन सक्ला। व्यापार व्यवसायमा लाभ मिल्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पादन हुनेछन्। नयाँ कामको अवसर मिल्नेछ । पुराना कमजोरीहरु सुधार्ने समय छ । तपाईँको क्षमताको कदर हुनेछ । गरेका कामबाट प्रशंसा पाइनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    उद्योग व्यापारमा लाभ मिल्नेछ। अनुभवी र शुभचिन्तकको सल्लाह लिएर मत्रै महत्त्वपूर्ण योजना कार्यान्व्यन गर्ने समय छ । काममा धेरै लाभ उठाउन नसके पनि पुराना समस्या सुल्झनेछन्। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    रुचिको काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। आयस्रोत बढ्नेछ। आफूले गरेका कामबाट अरुले फाइदा उठाउन सक्नेछन् । भविष्यका लागि राम्रो सम्भावना रहे पनि तत्काल भने सोचेअनुसार फाइदा नमिल्न सक्छ । सेवामूलक काममा सफलता मिल्नेछ । कार्यक्षेत्रमा आफैँ खट्नु राम्रो हुनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    ढिलोगरी कार्यसम्पादन हुनेछ । नोकरी वा पेशामा कार्य सम्पादनको लागि अरुको सहायता लिनुपर्ला। यद्यपि, आज मान सम्मान प्राप्त हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। चिताएको काम समेत सम्पादन हुनेछ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सामाजिक क्षेत्रको कामबाट धनलाभ हुनेछ । प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नोकरी वा पेशामा आत्मश्वासको साथ काम गर्ने समय छ । खर्चमा नियन्त्रण राख्नुहोला। भविष्यका पाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्।  वैदेशिक क्षेत्मा भने लाभ मिल्ने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ला । ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रको तनावलाई लिएर घरपरिवारको माहोल खराब हुन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। 
    आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। हिम्मतले सुरु गरेका कामबाट राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। खर्च लागे पनि तारिफयोग्य काम सम्पादन गरिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा गरिएका निर्णय अपरिपक्क हुनसक्छ । पशुधन वा कृषिबाट लाभ पाइनेछ। परिस्थिति अनुकूल छ । यद्यपि अरुका लागि खट्नुपर्ला । प्रतिष्ठित काम गरेर अरुलाई आकर्षित गर्न सकिनेछ । आँटेको काममा अरुको भर पर्दा पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि लाभ भने तत्काल पाइदैन । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। यात्रा सुखदायी रहनेछ। कार्यक्षेत्रमा दोहोर्याएर काम गर्नुपर्ला । भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। नाम, दाम र इनाम कमाउने समय छ । मेहनतले कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आकस्मिक धनलाभका योग छन्। सवारी साधनमा धन खर्चका योग छन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आँटेको काममा बाधा उत्पन्न हुनेछ । पुराना समस्या दोरिना सक्छ । महत्त्वकांक्षाले भएको वस्तुसमेत गुम्न सक्छ ।  हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    साझेदारी व्यापारमा नयाँ योजना बन्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मिहिनेतीहरूका लागि समय उत्साहजनक छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानीसँगै खर्च पनि बढ्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कार्यक्षेत्रमा रोजगारको नयाँ अवसरहरू मिल्नेछ। यात्रा गर्दा सरसामान हराउन सक्छ, सुरक्षित राख्नुहोला । प्रतिस्पर्धीहरूका कारढा दुःख पाइनेछ । भविष्यका लागि भने विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार