images
images

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ८६.७८ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ८६.७८ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ८६.७८ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?
    images
    images

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा गत बर्षको तुलनामा ८६.७८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म सिटिजन लाइफ इन्स्योरेन्सले २३ करोड ९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्म कम्पनीले खुद आर्जित बिमा शुल्क ३ अर्ब १८ करोड १६ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । जुन गत बर्षको तुलनामा २३.६९ प्रतिशतले बढी हो । गत बर्ष सो अवधिमा कम्पनीको यस्तो शुल्क २ अर्ब ५७ करोड २१ लाख ६३ हजार रुपैयाँ थियो । 

    यस अवधिमा कम्पनीको कुल आम्दानी २४.६४ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष पुस मसान्तसम्म ३ अर्ब ३६ करोड १२ लाख १४ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस बर्ष सोही अवधिमा यस्तो रकम बढाएर ४ अर्ब १८ करोड ९४ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । 

    त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी २३.३१ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ८२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । 

     आम्दानीसँगै कम्पनीको खर्चसमेत बढेको देखिन्छ । गत बर्ष पुस मसान्तसम्म ३ अर्ब २३ करोड ७५ लाख ५७ हजार रुपैयाँ कुल खर्च भएकोमा यस बर्ष २२.२७ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ । 

    पुस मसान्तसम्म सिटिजन लाइफको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ र सेयर प्रिमियम १ अर्ब ५२ करोड २० लाख ३७ हजार रुपैयाँ रहेको छ । 
    कम्पनीको महाविपत्ती कोषमा १९ करोड २८ लाख २५ हजार रुपैयाँ रुपैयाँ, रेन्टेड अर्निङ्गमा ८३ करोड ८० लाख ४० हजार रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८८ लाख ८६ हजार रुपैयाँ छ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीसमेत बढेको छ । गत बर्ष पुस मसान्तमा ६ रुपैयाँ ६० पैसा रहेको प्रतिसेयर आम्दानी यस बर्ष भने बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको हो । त्यस्तै प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार