काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडका ग्राहकहरूले होटल वृन्दावन प्रालिमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकवहरूलाई बिभिन्न सेवा तथा सुबिधाहरूमा छुट दिनको लागि होटल वृन्दावनसँग सम्झौता गरेको हो ।
होटल वृन्दावन पर्सा जिल्लाको बिरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका सम्पूर्ण ग्राहकहरूलाई होटल वृन्दावनका बिभिन्न सेवा तथा सुबिधाहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधाहरू अन्तर्गत ग्राहकहरूले खानाका परिकार तथा पेय पदार्थहरूमा १० प्रतिशत साथै होटल कोठाहरूको शुल्कमा ३० प्रतिशत छुट लिन सक्ने छन् ।
सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रूपमा हस्ताक्षर गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।