images
images

समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने

समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    समृद्धि फाइनान्सका ऋणी ग्राहकले नेपाल माइक्रो इन्स्योरेन्सबाट सरल बिमा सेवा पाउने
    images
    images

    समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता, ऋणी ग्राहकलाई सरल बिमा सेवा 

    काठमाडौं समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबिच बिमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    सम्झौता अनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बिमा सेवा उपलब्ध गराइने फाइनान्सले जनाएको छ। 

    बिमा दाबी (क्लेम) सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था
    गरिएको  विज्ञप्तिमा भनिएको छ । 

    सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरेका छन्।

    सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बिमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन्। 

    यस साझेदारीले ऋणि ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विश्वास
    गरिएको छ।

    समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवाहरू
    उपलब्ध गराउने योजना बनाएको छ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आर. टि. जि. एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स,
    क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू. आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार