काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल १०३ जनाको सहभागिता रहेको थियो ।
तालिममा नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुतीकरण दिएका थिए ।
बैंकले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरणमा योगदान पु-याउन सो कार्यक्रम सञ्चालन गरेको हो ।
माघ २१ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरु गरी कुल ५१ जनाको सहभागिता रहेको थियो ।
त्यस्तै माघ २२ गते पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा सम्भावित वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा कुल ५२ जना स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा लक्षित वर्गमा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन आदि विषयमा जानकारी दिइएको थियो ।
बैंकले वित्तीय साक्षरतालाई सधैँ प्राथामिकतामा राखी विभिन्न लक्षित समूहहरूलाई वित्तीय साक्षरता कार्यक्रम
र बैंक शाखा भ्रमण गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।