images
images

सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी

सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी
    images
    images

    बुटवल / रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई  आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

    न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । लामिछाने पक्षका वकिलहरूले भने राज्यले प्रतिशोध साँधेको बताएका थिए ।

    सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

    यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ र पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार