images
images

माधव कुमार नेपालले भने जस्तो छरिएर रहेका वामपन्थी शक्तिहरु एकै ठाउँमा आउलान ?

माधव कुमार नेपालले भने जस्तो छरिएर रहेका वामपन्थी शक्तिहरु एकै ठाउँमा आउलान ?

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • माधव कुमार नेपालले भने जस्तो छरिएर रहेका वामपन्थी शक्तिहरु एकै ठाउँमा आउलान ?
    images
    images

    काठमाडौँ /  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

    विचार  मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गर्न सकिने उनले पुनः उल्लेख गरे । यस अघि पनि विभिन्न कार्यक्रममा वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै आएका थिए । नेपालले जस्तै नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि उक्त विषयलाई दोहोर्याई तेहर्याई रहेका छन् । 

    पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताए । 

    राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो ।

    अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताए । 

    पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

    पार्टी सचिव एवं प्रदेश इन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार