तारकेश्वर नगरपालिकामा हार्डवेयरमा आधारित इमर्जेन्सी रेसपोन्स कन्सोल जडान भएको छ । नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकाश गरेको उक्त अत्याधुनिक हार्डवेयर जडान भई उद्घाटन गरिएको हो ।
तारकेश्वर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाहरूले कुनै विपत्ति परेमा निःशुल्क प्रयोग गर्न मिल्ने कताहो एप मार्फत आफूलाई परेको स्वास्थ्य, सुरक्षा सहायता तथा आगलागीमा नगरपालिकालाई तत्काल सूचना दिन सकिन्छ ।
यसको माध्यमबाट आएको सूचनाको आधारमा स्थान पहिचान गरी आपतकालिन उद्धार टोली सम्बन्धित व्यक्ति वा स्थानमा पुग्न सक्छ ।
यसका अलगावा यस प्रणालीको नागरिक आँखा नामक सेवामार्फत स्थानीय तले गरेका कामहरूको प्रशंसासमेत गर्न सकिन्छ ।
नगरपालिकाले गर्नुपर्ने कार्यहरूका विषयमा तथा पालिकाभित्रका समस्या, विकास निर्माणलगायतका कुराहरूमा सूचना तथा गुनासो गर्न सक्नेछन् ।
यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिधिमा उत्तरदायित्वसमेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूती दिने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णहरी महर्जनले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको उद्घाटन गरी नेपालमै पहिलो पटक शुरुवात गर्न पाउँदा अत्यन्तै गर्व लागेको विचार व्यक्त गरे ।
विपतको समयमा हुनसक्ने क्षतीलाई न्यूनीकरण गर्नको लागि यसको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए ।
आपतकालिन अवस्थामा मात्र नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरुलाई समेत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताए ।
साथै उनले कुनै नागरिकले एक्लै परेर सहयोगको आवश्यकता पर्दा यस कताहो एप र भ्च्ऋ मार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुने तथा सहयोगको लागि तारकेश्वर नगरपालिका सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।
घोषणापत्रमा समेत समावेश भएको घर ठेगाना, टोल, ब्लक, घर नम्बर जस्ता सेवाहरु समेत अबिलम्ब लागु गर्दै जाने तयारी रहेको उनले स्मरण गराए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर प्रहरी लगायतको उपस्थिती थियो ।
नेपालमा विभिन्न प्रविधिहरूको अनुसन्धान र विकाश गर्दै आएका नेपालका अनुसन्धानकर्ता राम लक्ष्मण रिमालले आफूहरूले विकास गरेको सो प्रणालीको अभिमुखीकरण दिएका थिए ।