काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न सभाले लाभांश प्रस्तावसमेत पारित गरेको छ ।
बैंकले सेयरधनीहरूका लागि चुक्तापुँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ बराबरको ३.६५१६६ प्रतिशत बोनस सेयर र ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ३ अर्ब ४३ करोड ९ लाख ७१ हजामर ३०२ रुपैयाँ बराबरको बोनस सेयर र ६५ लाख ९३ हजार ९१७ रुपैयाँ बराबरको नगद लाभांशलाई पारित गरेको हो ।
उक्त प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।