कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा गत पुस २९ गते सम्पन्न भएको छ ।
कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तिय संस्था हो ।
संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रा.लि. पोखराको सभा हलमा यहि पुस २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०८०÷०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०८०÷०८१ को ०.५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर पारित गरेकोछ ।
यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ ।
साथै, उक्त साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा र गणेश पौडेल तथा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन् ।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ ।
साधारणसभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गरेका थिए ।