काठमाडौँ / बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
यसअघि तोलामा १ लाख ५५ हजार कायम भएको छापावाल सुनको भाउ बढेर आज १ लाख ५५ हजार ४ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउसमेत बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदीको भाउ १ हजार ८ सय २० तोकिएको थियो ।