काठमाडौँ / वाणिज्य बैंकहरूले माघ महिनाको लागि ब्याज दर तोकेको छ । जसअनुसार हाल सञ्चालनमा रहेका २० मध्ये तीन ओटा बैंकहरूले मात्रै निक्षेपको ब्याज दर घटाएका छन् भने १६ ओटाले पुस महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ । व्यक्तिगत निक्षेपतर्फ एउटा बैंकले मात्रै ब्याज दर बढाएको छ ।
व्यक्तिगत खातातर्फ नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले ब्याजदर घटाउदा लक्ष्मी सनराइज बैंकले बढाएको हो। संस्थागततर्फ भने एसबीआई र नेपाल बैंकले पुस महिनाको तुलनामा न्युन ब्याज दर कायम गरेको छ भने सिटिजन्स बैंकले बढाएको छ ।
तरलता (लगानीयोग्य रकम) बैंकमा थुप्रिएपछि वाणिज्य बैंकहरूले कात्तिक महिनासम्म लगातार निक्षेपको ब्याजदर घटाएका थिए । बैंकहरूमा तरलता बढेपछि समय समयमा राष्ट्र बैंकलेसमेत उपकरण जारी गर्दै खिचिरहेको छ । पछिल्लो समय सामान्य सुधार भइरहेको बताइरहे पनि अझै तरलता कायमै रहेको बताइन्छ । पुसको तुलनामा माघमा भने अधिकांश बैंकले ब्याज दर परिवर्तन गरेका छैनन् ।
माघ महिनामा व्यक्तिगत निक्षेतर्फ सबैभन्दा बढी ब्याज दर प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले तोकेको छ । यी दुबै बैंकले ६.२५ प्रतिशतले ब्याज दर कायम गरेको हो । सबैभन्दा न्यून ब्याज दर भने नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत रहेको छ ।
संस्थागत निक्षेपतर्फ हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । सबैभन्दा कम ब्याजदर भने राष्ट्रिय वाणिज्य बैंकको ३.५ प्रतिशतमात्रै रहेको छ ।
कुमारी बैंक
कुमारी बैंक लिमिटेडले पुस महिनामा व्यक्तिगत बचत खातामा ६.६ प्रतिशत र संस्थागत बचतमा ५.६ प्रतिशत ब्याज दर तोकेको छ । यो बैंकले माघमा पनि पुस महिनाकै ब्याज दरलाई निरन्तरता दिने भएको हो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंक लिमिटेडले माघ महिनामा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ । पुस महिनामा ५.५ प्रतिशत ब्याज दर तोकिएकोमा माघको लागि भने बढाएर ५.७५ प्रतिशत पुर्याएको हो । संस्थागत निक्षेपमा भने यो बैंकको ब्याजदर ४.५ प्रतिशत रहेको छ । अघिल्लो महिनामा पनि सोही ब्याज दर कायम थियो ।
नबिल बैंक
नबिल बैंक लिमिटेडले माघमा पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । माघ महिनाका लागि नबिल बैंकले व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले माघ महिनामा पुस महिनाकै दरमा ब्याज दिनेछ । माघमा ब्याजदर घटबढ नगरेको यो बैंकले व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.२५ प्रतिशत ब्याज दिनेछ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले पनि निक्षेपमा पुस महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ । यो बैंकले व्यक्तिगत बचत खातामा ६.०५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ४.३ प्रतिशत ब्याज दिनेछ । अघिल्लो महिनामा यो बैंकले सोही ब्याज दिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले माघमा पनि पुस महिनाकै ब्याज दर यथावत राखेको छ । बैंकले माघ महिनामा व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंककले माघ महिनामा व्यक्तिगत निक्षेपमा ५.५७ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याज दिने भएको छ । यो बैंकले पुस महिनाकै ब्याजदरलाई माघमा पनि निरन्तता दिएको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि माघ महिनाका लागि ब्याजदरमा घटबढ गरेको छैन । व्यक्तिगत निक्षेपमा स्ट्याण्डर्ड चाटर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिने भएको छ । यता, संस्थागत निक्षेपको लागि भने यो बैंकले ३.२५ प्रतिशत ब्याज दिनेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले माघ महिनामा व्यक्तिगत निक्षेपमा ६.२५ प्रतिशत ब्याज दर तोकेको छ । त्यस्तै, संस्थागत निक्षेपमा भने ५.२५ प्रतिशत ब्याज तोकिएको छ । जुन ब्याजदर पुस महिनाको लागि पनि तोकिएको थियो ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले भने पुस महिनाको तुलनामा माघको लागि ब्याज दर घटाएको छ । माघमा यो बैंकले व्यक्तिगत निक्षेपमा ५.५ प्रतिशत र संस्थागत निक्षेपमा ४.५ प्रतिशत ब्याज दिने भएको छ । पुसमा भने व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा ५ प्रतिशत ब्याज तोकेको थियो ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पुस महिनाकै ब्याज दरलाई माघमा पनि निरन्तरता दिने जनाएको छ । यो बैंकले माघमा व्यक्तिगत निक्षेपतर्फ ६ प्रतिशत र संस्थागत निक्षेपतर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि पुस महिनाकै ब्याजदरलाई माघमा पनि यथावत राखेको छ । प्रभु बैंकले माघ महिनामा व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशत र संस्थागत निक्षेपमा ५.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनलले माघ महिनामा ब्याजदर परिवर्तन गरेको छैन । पुसकै ब्याजदरलाई निरन्तरता दिँदै यो बैंकले व्यक्तिगत निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत निक्षेपमा ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि माघ महिनामा पुस महिनाकै ब्याज दरलाई निरन्तरता दिने भएको छ । यो बैंकले माघ महिनामा व्यक्तिगत निक्षेपतर्फको ब्याज दर ६.२५ प्रतिशत, संस्थागत निक्षेतर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले पनि माघ महिनाका लागि ब्याज दरमा परिवर्तन नगर्ने भएको छ । अघिल्लो महिनाको ब्याज दरलाई निरन्तरता दिँदै यो बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा ६.६ प्रतिशत र संस्थागत निक्षेपमा ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले माघ महिनामा व्यक्तिगत निक्षेपमा ६.६ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, संस्थागत निक्षेपमा भने यो बैंकले ५.६ प्रतिशत ब्याज तोकेको छ । पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै बैंकले माघ महिनाको ब्याजदर तोकेको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले माघ महिनामा ब्याजदर परिवर्तन नगर्ने भएको छ । यो बैंकले माघमा व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा ५.६ प्रतिशत ब्याजदर कायम गरेको हो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले पुस महिनाकै ब्याजदरलाई माघमा पनि निरन्तरता दिएको छ । यो बैंकले माघमा व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा ५ प्रतिशत ब्याज कायम गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले पनि पुस महिनाकै ब्याज दर यथावत राखेको छ । माघमा व्यक्तिगत निक्षेपतर्फ यो बैंकले ६.५ प्रतिशत र संस्थागत निक्षेपतर्फ ५.१ प्रतिशत ब्याज दर कायम गरेको छ ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडले भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । व्यक्तिगत निक्षेपमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको यो बैंकले संस्थागत निक्षेतर्फ भने बृद्धि गरेको हो । व्यक्तिगत निक्षेपमा ५.६ प्रतिशत र संस्थागत निक्षेपमा ४.१५ प्रतिशत ब्याज दर कायम गरिएको छ । पुस महिनामा संस्थागत निक्षेपमा नेपाल बैंकले ४.७ प्रतिशत ब्याजदर तोकेको थियो ।