नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा (Cargo Servic) का विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् ।
हिजो पुस २५ गते एक सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट (Air office Counter) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई Cargo Service मा ३० प्रतिशतले छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैककोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । ।