images
images

पश्चिमी वायुको प्रभाव कायमै : शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

पश्चिमी वायुको प्रभाव कायमै : शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • पश्चिमी वायुको प्रभाव कायमै : शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको  सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    आज राति  कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। शुक्रबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

    शुक्रबार राति कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखि मूख्यतया सफा रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार