images
images

सिबिफिनको अध्यक्षमामा पुनः पौड्याल, वरिष्ठ उपाध्यक्षमा पनि उपाध्याय दोहोरिए

सिबिफिनको अध्यक्षमामा पुनः पौड्याल, वरिष्ठ उपाध्यक्षमा पनि उपाध्याय दोहोरिए

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • images
    images
    सिबिफिनको अध्यक्षमामा पुनः पौड्याल, वरिष्ठ उपाध्यक्षमा पनि उपाध्याय दोहोरिए
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल चयन भएका छन् । सिबिफिनको पाँचौं साधारणसभाले शुक्रबार सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । पौड्याल यसअघि पनि परिसंघका अध्यक्ष थिए ।

    images
    images

    सिबिफिनको कार्यसमितिमा सचिव पदबाहेक कार्यसमितिका सबै पदमा अर्थात १६ जना सर्वसम्मत भएका हुन् । सचिव पदका लागि भने साइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलबीच प्रतिस्पर्धा भएको थियो ,

    उक्त पदमा साइन रेसुङ्गाका पौडेलले ३२ मत ल्याएर जित हासिल गरे भने गोयलले २३ मत प्राप्त गरे । कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मतदान गरेका थिए ।

    साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो, जसमा वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् ।उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् ।

    विधान अनुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीकोतर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको सिबिफिनले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार