images
images

अध्यादेशले सहकारीको समस्या समाधान गर्ला त ? यसो भन्छन् सहकारी मन्त्री अधिकारी

अध्यादेशले सहकारीको समस्या समाधान गर्ला त ? यसो भन्छन् सहकारी मन्त्री अधिकारी

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • अध्यादेशले सहकारीको समस्या समाधान गर्ला त ? यसो भन्छन् सहकारी मन्त्री अधिकारी
    images
    images

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरू समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभाको अवसरमा मन्त्री अधिकारीले सहकारी अभियानसँग समन्वय गरेर अध्यादेश ल्याएको र यसले वर्तमान समस्या समाधान गर्ने बताएका हुन् । 

    उनले अध्यादेशले सबै समस्या समाधान गर्छ भन्ने होइन भन्दै अध्यादेशलाई आवश्यकता अनुसार सुधार गर्दै जाने दाबी गरे । मन्त्री अधिकारीले अहिले अध्यादेशले केही कुरालाई साँघुरो बनाएजस्तो लागेपनि त्यो कुरा समयसँगै सत्य सावित हुने बताए । 

    एक फरक प्रशंगमा मन्त्री अधिकारीले उत्पादन क्षेत्रमा लागेका सहकारीलाई राज्यले हरेक कोणबाट प्रोत्साहन गर्दै आइरहेको उनको दाबी छ । उत्पादन, उत्पादकत्व र रोजगारी बढाउँदै अर्थतन्त्रमा योगदान गरिरहेका सहकारी संघसंस्थाहरू मार्फत सरकारले आफ्ना कार्यक्रमलाई सँगसँगै अगाडि बढाउन तत्पर रहेको समेत मन्त्री अधिकारीले उल्लेख गरे । 

    कार्यक्रममा मन्त्री अधिकारीले प्रचार गरेजस्तो सबै सहकारी सहकारी बेठिक नभएको भन्दै सबैलाई एकै प्रकारले हेर्ने प्रवृतिले सहकारी क्षेत्रनै बेठिक भयो भन्नेहरूको विरुद्ध ऐक्यबद्धता जनाउन आवश्यक रहेको बताए । 

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएको बताए । 

    उनले यो सङ्कटको समयमा सहकारीमा रकम थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताए । डा. खतिवडाले सहकारी संस्थाप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनु पर्नेमा जोड दिए । अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्न समेत सबैलाई अपिल गरे । 

    यसैगरी कार्यक्रममा पूर्व मन्त्री केशव बडालले सहकारीमा सुशासनको अवस्था राम्रो बनाउन सके समस्या नआउने बताए । उनले सहकारीका सञ्चालक र कर्मचारीका कारण सहकारीमा समस्या आएको भन्दै नेतृत्वमा बस्नेहरू स्वनियमनमा प्रतिवद्ध हुँदा धेरै समस्या आफैँ समाधान हुने बताए । 

    पूर्व मन्त्री तथा नेकपा एमालेको सहकारी विभाग प्रमुख खगराज अधिकारीले सरकारले अगाडि बढाएको अध्यादेशमा सुधारका विषय रहेको र त्यसमा आफुहरूले सुझाव समेत दिइसकेकोले यसलाई करेक्सन गरेर अगाडि बढ्न अनुरोध गरे । 

    उनले राज्यले बनाउने हरेक कानुनमा नागरिकले आफ्नो पनको महशुस गर्न सक्ने हुनुपर्ने भन्दै अध्यादेशमा भएका सहकारी र सहकारी क्षेत्रमा संलग्नहरूका लागि नकारात्मक प्रभाव पार्ने विषय तत्कास सुधार गरेर अगाडि बढ्न अनुरोध गरे । 

    यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरूले अब सरकारको मुख ताकेर बस्न नहुने बताए । उनले जो जहाँ छ त्यहीँबाट आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न सक्नेहो भने कुनै समस्या नआउने तर्क गरे । 

    अध्यक्ष पाठकले सहकारीमार्फत युवा रोजगारी, आयआर्जनका काम र सहकारीको आफ्नै उद्यम सञ्चालन गर्नेसम्मका कार्यमा साना किसानहरूले गरिरहेको योगदान सम्झनालायक रहेको बताए । उनले सरकारले अगाडि बढाएको आर्थिक समृद्धिको नारालाई साना किसानहरूले उत्पादनसँग जोडेर योगदान गरिरहेको दावी गरे । 

    संघको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष, मिनराज कँडेल, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरी बहादुर केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतले बोल्दै सहकारी र सरकार संगसंगै अगाडि बढ्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार