images
images

सहकारीको भद्रगोल र अनियमितता रोक्न शक्तिसम्पन्न प्राधिकरण गठन गरिने

सहकारीको भद्रगोल र अनियमितता रोक्न शक्तिसम्पन्न प्राधिकरण गठन गरिने

शनिवार, पुस २० २०८१
शनिवार, पुस २० २०८१
  • सहकारीको भद्रगोल र अनियमितता रोक्न शक्तिसम्पन्न प्राधिकरण गठन गरिने
    images
    images

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न प्रभावकारी शक्ति सम्पन्न प्राधिकरण गठन गर्ने बताएका छन् ।सुदुरपश्चिम प्रदेशको प्रचलित सांस्कृतिक पर्व ‘भुवः भस्सो’ सम्बन्धी आयोजित विशेष कार्यक्रममा उनले देशमा रहेका कतिपय कानूनहरूले गर्दा सहकारी सम्बन्धी कामहरू प्रभावकारी र नियमन नभएको भन्दै यसका लागि प्राधिकरण गठन गर्ने बताए । 

    उनले भने, “गल्ती गरेकाहरूलाई कारवाही गर्नको लागि, त्यसको कार्यान्वयन गर्नको लागि, बचत फिर्ता गर्नका लागि र देशमा रहेको कानूनहरूले गर्दा काम प्रभावकारी नभएको र नियमन पनि नभएको हुनाले प्रभावकारी शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने, त्यसले सहकारीको क्षेत्रलाई व्यवस्थित गर्ने काम गर्छ । बचत रकम संरक्षण गर्नको लागि सहकारी संरक्षण कोषको स्थापना गर्नको लागि पनि लागेका छौँ ।”

    यसका साथै, उनले सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार छानबिनको काम पनि अगाडि बढेको भन्दै उन्मुक्ति पाउछु भनेर कसैले नसोचे पनि हुने बताए । 

    उनले भने, “समाजमा भएको विकृति विसंगतीलाई पराजित र भ्रष्टाचार न्यूनीकरणमा लागि परेका छौँ । सहकारीको क्षेत्रमा जुन खालको भद्रगोल र बचत अनियमितता गर्ने काम भइरहेको छ । त्यो राम्रो होइन । समस्याग्रस्त २२ वटा सहकारीहरूको अनुसन्धानको लागि प्रतिनिधि सभामा उपस्थित सम्पूर्ण दलहरूको सहभागिता हुनेगरी गठन गरिएको समितिले प्रतिवेदन दिएको छ र त्यो प्रतिवेदनले देखाएको संस्था र व्यक्तिप्रति छानबिनको काम पनि अगाडि बढाएको छ । छानबिनमा गल्ती गरेको छैन भने डराउनु परेन । गल्ती गरेको छ भने पनि उन्मुक्ति पाउँछु भनेर कसैले नसोचे हुन्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार