images
images

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने
    images
    images

    काठमाडौं/  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

    बिहानको समयमान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन भनेको छ । 

    महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

    आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।

    त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

     दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन सम्बद्ध सबैमा महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार