images
images

आज छैटौं राष्ट्रिय च्याउ दिवस तथा परिकार महोत्सव भृकुटीमण्डपमा मनाईदै

आज छैटौं राष्ट्रिय च्याउ दिवस तथा परिकार महोत्सव भृकुटीमण्डपमा मनाईदै

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • आज छैटौं राष्ट्रिय च्याउ दिवस तथा परिकार महोत्सव भृकुटीमण्डपमा मनाईदै
    images
    images

    काठमाडौँ / च्याउ उत्पादक किसान सङ्घले आज पुस १५ गते छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ भव्यताका साथ मनाउँदैछ । 

    महोत्सवको अवसरमा  ‘च्याउका विविध परिकारसँगै, च्याउका जातहरु अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जननत्मक कार्यक्रम पनि रहेको छ । 

    कार्यक्रममा च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार निशुल्क खान र बुझ्न सकिने संघका अध्यक्ष सन्तोष कार्कीले बताए । 

    सङ्घले च्याउ दिवस गत वर्ष जावलाखेलमा राखेको थियो तर, यसवर्ष पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा ‘च्याउ परिकार महोत्सव’ बृहत रुपमा गर्न लागेको  हो ।

    संघले महोत्व, अवलोकन भ्रमण, अनुसन्धान, तथा जागरण अभियानहरु पनि गर्दै आइरहेको छ । 

    अध्यक्ष कार्कीका अनुसार च्याउ किसानको व्यवसायिक सुरक्षा गर्नु, रैथाने च्याउबारे जानकारी गराउँदै, च्याउका विविध स्वादहरु आम जनतालाई चखाउनु यसबारे महत्व दर्शानु मूख्य लक्ष्य रहेको  छ ।

    संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पनि  चलाएको थियो । जागरण अभियानले च्याउका परिकारको प्रयोग र विविध ज्ञान बढाएको संघले जनाएको छ । 

    सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ। 

    सोही क्रममा यस बर्ष व्यवसायिक रूपमा उत्पादन हुने च्याउको उत्पादन प्रक्रियासहित परिकार बनाएर अवलोकनकर्तालाई चखाउने कार्यक्रम रहेको सङ्घका अध्यक्ष कार्कीले बताए । उनका अनुसार महोत्सवमा च्याउसँग सम्बन्धित करिब ४० ओटासम्म स्टलहरू रहनेछन् । 

    “च्याउका धेरै परिकारहरू महोत्सवमै बनाइनेछ । “सम्भव भएसम्म कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ । च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम छ” उनले भने । यस्तैगरी फुड विज्ञ,  तथा जानकारहरुबाट च्याउबारे जानकारी लिन सकिनेछ ।  
    महोत्सवमा १० हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ। च्याउमेलामा परिकार खान मात्रै होइन किनेरै लान पनि सकिनेछ । 


    संघले विभिन्न समयमा च्याउसम्बन्धी जनचेतनात्मक कार्यक्रम, अनुसन्धान तथा विज्ञहरुसँग छलफल समेत गर्दै आइरहेको संघका सचिव तथा प्रचार विभाग प्रमुख रमेश सापकोटाले बताए । 

    महोत्सवमा सामान्य किसानले च्याउ उत्पादन गर्दा केकस्तो उपकरण प्रयोग गर्नुपर्छ र प्रक्रियाबारे जानकारी दिइने उनको भनाइ छ । उक्त महोत्सवमा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्ने छैन । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार