images
images

सूर्य नेपाल इस्टर्न ओपन सम्पन्न : निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल

सूर्य नेपाल इस्टर्न ओपन सम्पन्न : निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • सूर्य नेपाल इस्टर्न ओपन सम्पन्न : निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
    images
    images

    काठमाडौँ / धरानका प्रो निरज तामाङले कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ  टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनकोउपाधि जितेका छन् । 

    उनले धरानकै प्रो शुक्र बहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोर सहितकरियरको दोस्रो उपाधि जिते । आज ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसादशर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए ।

    उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरे । उनले यहीप्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको ७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए।

    पार ७०को धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहितविष्णु दोस्रो भए । उनले आज २-अन्डर ६८ को कार्ड बनाए र नगद १ लाख आफ्नो नाममा लेखाए ।

    धरानका बलभद्र राई  ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे।उनले आज १-ओभर ७१ स्कोर निकाले।

    सात स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको खेलकोसुरूवात गरेका निरजले एकपक्षीय शैलीमा उपाधि जिते। सानदार सुरुवात गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१खेले ।

    पहिलो देखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहारगरेका निरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं रनवौं होलमा पनि एक(एक सट जोगाए । फ्रन्ट नाइन सकिँदा निरजले शुक्रको रेकर्ड तोड्ने संकेत देखाए ।

    दशौँ होलको डबल बोगी र एघारौँ होलको बोगीलेत्यो सम्भावनालाई कमजोर बनायो । तर बाह्रौँ तेह्रौँ र सत्रौँ होलमा बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मा सकाए । 

    नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुके पनि निरजले५४(होलको विजयी स्कोर भने बराबरी गरे । विष्णुले तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४–अन्डर ३२ मा पूरा गरे ।

    ब्याक नाइनमा पनि चार बर्डीप्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६खेले । उनले १३औँ, १४औँ, १६औँ र १७औँ होलमा एक-एकसट बचाए। १५औँ र १८औँ होलमा बोगी प्रहार गरे ।

    धरानका बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए ।

    पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा १-ओभर ३५ खेले । उनले ११औँ होलको बर्डीविरुद्ध १३औँ र १६औँ होलमा एक-एक सट खेर फाले ।

    भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथोस्थानमा रहे । अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले २-अन्डर ६८ खेले। उनीहरूले जनही ५५ हजार प्राप्त गरे ।

    समग्रमा १-अन्डर २०९ को नतिजामा धन बहादुर थापा ९७०० र भुवन कुमार रोक्का (७३) छैटौँ हुँदै जनही ४४ हजार नगदपुरस्कार हात पारे ।

    समग्रमा १-ओभर २११ स्कोर बनाएका रामे मगर (७१) आठौँ भए । उनी ३८ हजार नगद पुरस्कारको हकदार बने । यसैगरी समग्रम ४-ओभर २१४ स्कोरमा टंक बहादुर कार्की रसञ्जय लामाले नबौं स्थानमा बाँडे ।

    जनही ३३ हजार ५ सयनगद पुरस्कार पाएका टंकले २-ओभर ७२ र सञ्जयले ४–अन्डर ६६ को स्कोर दर्ज गरे ।

    एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुईस्ट्रोकले हराउँदै उपाधि जिते ।

    अन्तिम दिन १-अन्डर ६९सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगिता सकाए । सुन्दरले १-ओभर २११ मा खेल पूरा गरे । उनले पनि आज १-अन्डर ६९ मा खेल सकाए ।

    प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे ।

    ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको थियो । तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको थियो । शनिबार प्रो-एम इभेन्ट हुनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार