images
images

दोस्रो दिन निरजलाई सात स्ट्रोकको अग्रता

दोस्रो दिन निरजलाई सात स्ट्रोकको अग्रता

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • दोस्रो दिन निरजलाई सात स्ट्रोकको अग्रता
    images
    images

    काठमाडौं/ सूर्य नेपाल गल्फ  टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन निरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाए 

    घरेलु कोर्समा निरजले आज ४–अन्डर ६६ को कार्ड बनाउदै कुल १२–अन्डर १२८ को आकर्षक नतिजा सहित शीर्षस्थानमा कायमै रहे। 

    उनले अन्तिम १८ होलको खेल बाँकी रहँदा विष्णु शर्मालाई सात स्ट्रोकले पछि पार्दै करियरको दोस्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन।

    पार ७० को धरान गल्फ क्लबमा विष्णुले ३–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। 

    समग्रमा ५ –अन्डर १३५ सहित दोस्रो स्थानमा उक्लिए। 

    घरेलु प्रो बलभद्र राई र भुवन कुमार रोक्काले  ४(अन्डर १३६ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। 

    बलभद्रले ३–अन्डर ६७ र भुवनले १–अन्डर ६९ मा आजको खेल सकाए। 

    समग्रमा १–अन्डर १३९ सहित धन बहादुर थापा पाँचौ स्थानमा रहे। आज उनले ३–ओभर ७३ मा खेला सकाए। 


    रवि खड्का र रामे मगर इभन–पार १४० को स्कोरमा छैटौं स्थानमा छन। 

    दुवैले आज १–अन्डर ६९ मा खेल सकाए।

    समग्रमा २–ओभर १४२ को स्कोरमा टंक बहादुर कार्की र नेपाल नम्बर एक प्रो भुवन नगरकोटी आठौं स्थानमा रहे। टंकले २–अन्डर ६८ र भुवनले ३–ओभर ७३ को स्कोर तयार पारे।  

    ३–ओभर १४३ मा दिनेश प्रजापति, राजेन राई र सुनिल केसी संयुक्तरूपमा दशौं स्थानमा रहे। दिनेश र राजेनले इभन–पार ७० र सुनिलले २–ओभर ७२ को स्कोर दर्ज गरे। 

    धरान गल्फ क्लबमा निरजले दोस्रो दिनको उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा २–अन्डर ३४ खेले। 

    उनले पहिलो होलमा नै बोगी खेपे। तर यसपछि तेस्रो, पाँचौं र छैटौं होलमा एक(एक सट बचाए। 

    यसपछि ब्याक नाइनमा पनि तीन बर्डी प्रहार गरे। १४औं, १६औं र १७ औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी प्रहार गरे। निरजले ब्याक नाइन २–अन्डर ३२ मा सकाए।

     
    दोस्रो स्थानमा उक्लने क्रममा विष्णुले नवौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३५ मा पुरा गरे। 

    यसपछि १५औं र १६औं होलमा लगातार दुई बोगीको सामना गरे। 

    तर ११औं, १२औं, १७औं र १८औं होलको बर्डीले ब्याक नाइनमा २(अन्डर ३२ को नतिजा निकाले। 

    धरानका प्रो बलभद्रले सानदार सुरूवात गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। 

    उनले चौंथो होलमा एक सट खेर फाले भने दोस्रो र तेस्रो तथा सातौं देखि नवौं सम्म लगातार तीन बर्डी प्रहार गरे। 

    ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे। ११औं र १४औं होलमा बोगी प्रहार गर्दा १३औं होलमा एक सट बचाए। 

    भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइनमा २– अन्डर ३४ खेले। 

    यसपछि ११औं र १५औं होलमा एक–एक सट खेर फाले तर १८औं होलको बर्डीले ब्याक नाइन १(ओभर ३५ मा सकाए। 

    एमेच्योरतर्फ सुमन परियार समग्रमा इभन(पार १४० सहित सुन्दर राईलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए। उनले आज २–अन्डर ६८ स्कोर निकाले। सुन्दरले समग्रमा २– ओभर १४२ स्कोर बनाए। उनले दोस्रो दिनको खेल ४–ओभर ७४ मा पुरा गरे। 

    ३६ होलको समाप्तीमा ९ ओभर १४९ स्कोर गर्ने २१ प्रोफेसनल र ८ एमेच्योर गरी कुल २९ जनाले कट बनाएका छन। 

    प्रोफेसनलतर्फ रमेश अधिकारी, दीपक मगर, थाम बहादुर राई, दल बहादुर लामा, कृष्णमान राजबाहक, युवराज भुजेल, सञ्जय लामा, सूर्य प्रसाद शर्मा र सबिन सापकोटाले अन्तिम १८ होलको खेलका लागि स्थान बनाए। एमेच्योरतर्फ राम तामाङ, सुरेश तामाङ, बुद्धिमान सुनुवार, जितेन्द्र राई,कुशोर बस्नेत र काजी राईले कट बनाए। 

    ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको छ‌। विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। 

    दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार