images
images

नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, पुस १२ देखि ललितपुरमा तालिम

नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, पुस १२ देखि ललितपुरमा तालिम

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • images
    images
    नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, पुस १२ देखि ललितपुरमा तालिम
    images
    images

    काठमाडौँ / एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले ११ दिने ‘एआई स्कुल’ सञ्चालन गर्ने भएको छ । 

    images
    images

    बुधबार पत्रकार  सम्मेलन गर्दै पुस १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल कलेजमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

    एआईसम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुने छन् । एआई स्कुलअन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ । 

    कार्यक्रममा एआई स्कुलको ५औँ वार्षिक कार्यक्रमको उद्देश्य, महिमा र गरिमा र एआई क्षेत्रमा योगदानको यात्राको बारेमा जानकारी गराइने बताएको छ ।

    यस्तै, नेपालका विविध क्षेत्रमा एआईको प्रयोगबाट सिर्जना हुने नयाँ प्रविधि र अवसरको महत्त्वका बारेमा प्रष्ट पारिने जनाएको छ । 

    कार्यक्रममा १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने तथा यसबारे गहन छलफल पनि गरिनेछ ।

    विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन तालिमको आयोजना गर्न लागिएको नामीका संस्थापक तथा डा. विशेष खनालले जानकारी दिए ।

    विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मूख्य क्षेत्र जीओमेट्रिक डीप लर्निङ, फन्डामेन्टल मोडल्स तथा एप्लिकेसन्स र मोडर्न प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्ने उनले बताए ।

    ‘सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।

    तालिममा भाग लिनेहरूले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि पाइने जनाइएको छ ।

    यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतको साझेदारी रहेको छ ।

    साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् । विगतका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए ।

    एआई स्कुल अन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार