images
images

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्ड सहित निरजलाई चार स्ट्रोकको अग्रता

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्ड सहित निरजलाई चार स्ट्रोकको अग्रता

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्ड सहित निरजलाई चार स्ट्रोकको अग्रता
    images
    images

    धरान सूर्य नेपाल गल्फ  टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा निरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन् । 

    घरेलु प्रो निरजले २०२२-२३ सिजनमा शुक बहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन् ।  उनले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पारेका छन् । 

    धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४-अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन् । ३-अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे ।

    एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरूपमा चौथो स्थान बाँडे ।  १-अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्तरुपमा सातौँ स्थानमा छन् ।

    यसैगरी १-ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्तरुपमा दशौँ स्थानमा रहेका छन् । 

    धारनका प्रो निरजले बोगी फ्री ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए ।

    तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औँ र १८औँ होलमा पनि एक-एक सट बचाए । उनले ब्याक नाइन ४-अन्डर ३० मा सकाए ।

    धनले दोस्रो होलमा बोगी खेलेपनि तेस्रो, आठौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । यसपछि १३औँ होलको बोगी विरूद्ध १२औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३० मा पुरा गरे ।
    तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ खेले ।

    उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे । तेस्रो, सातौ, नवौँ, पन्ध्रौँ र अठारौँ होलमा एक-एक सट बचाए । पहिलो र सत्रौं होलमा बोगी खेपे ।५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको छ‌ ।

    विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन् । 

    दोस्रो दिनको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । 

    एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागु हुने छ । तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको छ । शनिबार प्रो एम इभेन्ट हुनेछ ।

    यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ । यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए ।

    सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए । यो पटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार