images
images

सिद्धार्थ बैंकको “प्लाटिनम क्रेडिट कार्ड” चलाउँदा ग्राहकलाई यी ५ फाइदा

सिद्धार्थ बैंकको “प्लाटिनम क्रेडिट कार्ड” चलाउँदा ग्राहकलाई यी ५ फाइदा

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • सिद्धार्थ बैंकको “प्लाटिनम क्रेडिट कार्ड” चलाउँदा ग्राहकलाई यी ५ फाइदा
    images
    images

    काठमाडौं/  सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।  जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड भएको बैंकले जनाएको छ ।

     
    यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद कडेंलद्धारा
    सार्वजनिक गरिएको छ ।

    यो कार्ड प्रयोग गर्ने गा्रहकहरुले पाउने सुविधाहरु यस्ता छन् :

    १.प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट Lounge मा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।

    २. ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि UNO मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सक्नेछन् । 

    ३. यो कार्ड Priority बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने गा्रहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् ।

    ४. प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।

    ५. उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

    प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।


    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार