images
images

नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न, व्यवसायिक अभिकर्ताहरू लाभान्वित

नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न, व्यवसायिक अभिकर्ताहरू लाभान्वित

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न, व्यवसायिक अभिकर्ताहरू लाभान्वित
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘चेयरपर्सन’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको हो । 

    आ.व. २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूका लागि चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्य सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा उनले अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गरेकी थिइन् । 

    साथै, उनले छनौट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् ।
     
    सो अवसरमा उनले आ.व. २०८०/८१ मा समग्र जीवन बिमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनिय योगदान रहेको बताए । 

    साथै, उनले कम्पनीको वित्तिय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बिमा योजनाहरू, बीमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् । 

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले  कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । 

    साथै, उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आई रहेको हँुदा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए । 

    कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 

    चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए । 

    सो समारोहमा, आ.व. २०८०/८१ मा १०० वा सोभन्दा बढी बिमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरू, विगत १० बर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरू, आ.व. २०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । 

    यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरूलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

    सम्मानित बिजनेश लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार