images
images

दुबईको जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेसबिच रेमिटान्स कारोबार सुरु

दुबईको जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेसबिच रेमिटान्स कारोबार सुरु

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • दुबईको जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेसबिच रेमिटान्स कारोबार सुरु
    images
    images

    दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज  र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ । 
    दुबईमा रहेका नेपालीहरूले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

    नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ । 

    सो सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ । 

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार