काठमाडौँ / रियलमीले रियलमी सी ६३ को ४.६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६।७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ ।३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।
३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ ।
वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ ।
यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ। यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ जसमा ४ं४ जीबीको डाइनामिक र्याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ ।
रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्स जस्ता फिचरहरू पनि समावेश रहेको छ ।
साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ ।
रियलमी सी ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ । साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।
रियलमी सी ६३को ४.६४ जीबी स्टोरेज भेरिएन्ट १४ हजार ,४९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।