images
images

सूर्य नेपाल काठमाडौँ ओपन सम्पन्न : एमेच्योर सदभावलाई उपाधि, निरज दुई स्ट्रोकले पराजित

सूर्य नेपाल काठमाडौँ ओपन सम्पन्न : एमेच्योर सदभावलाई उपाधि, निरज दुई स्ट्रोकले पराजित

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • सूर्य नेपाल काठमाडौँ ओपन सम्पन्न : एमेच्योर सदभावलाई उपाधि, निरज दुई स्ट्रोकले पराजित
    images
    images

    काठमाडौँ / डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जित्न सफल भएका छन् । 

    शुक्रबार ६-अन्डर ६२ को सनादार स्कोरमा एमेच्योर सदभाव आचार्यले ‌समग्रमा १५–अन्डर २५७ सहित करियरको चौँथो उपाधि आफ्नो नाममा लेखाए। 

    उनले काठमाडौँ ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन् ।  उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए ।  

    उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।  

    दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे। एमेच्योर राहुल विके समग्रमा ६-अन्डर २६६ सहित चौँथो भए।

    उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए ।नेपाल नम्बर एक प्रो भुवनले ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै नगद ६८ हजार जिते । 

    विष्णु प्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३-अन्डर २६९ को स्कोरमा संयुक्त रूपमा छैटौँ स्थान बाँडे । विष्णुले ३-ओभर ७१ मा खेल सकाए। 

    पहिलो दिनका लिडर जयरामले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औँ देखि १८औँ होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे । 

    समग्रमा इभन-पार ७२ सहित सञ्जय लामा आठौँ, २-ओभर २७४ सहित दीपक मगर नवौँ र ३-ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौँ, नवौँ र दशौँ भए। 

    सञ्जयले आज ४-अन्डर ६४, दीपकले ३-ओभर ७१ र तोरणले ३-अन्डर ६५ बनाए । उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे। 

    अन्तिम दिन शुक्रबार खेलको सुरुवात गर्दा सदभाव निरज भन्दा एक स्ट्रोकले पछि थिए । फ्रन्ट नाइनको खेल सकिंदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो ।  

    दुवैले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। सदभावले पहिलो, चौँथो, पाँचौ र छैटौँ होलमा बर्डी प्रहार गरे ।

    निरजले पनि पहिलो, दोस्रो, चौँथो र सातौँ होलमा चार बर्डी नै प्रहार गरे। ११औँ होल टर्निङ प्वाइन्ट बन्यो । सदभावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले ।

    यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए । सदभावले यसपछि १३औँ होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे ।

    यही अग्रतालाई निरन्तरता दिँदै सदभावले ब्याक नाइन २-अन्डर ३२ मा सकाए र उपाधि जिते । निरजले भने ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे। सदभावले आज पनि बोगीरहित प्रदर्शन गरे । 

    दिनेशले फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले ।  पहिलो, चौथो, पाँचौँ र आठौँ होलमा एक-एक सट बचाए । सातौँ होलमा डबल बोगी खेपे । यसपछि १४औँ होलको बोगीविरुद्ध १०औँ र १३औँ होल बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए। 

    प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

    चार दिने प्रतियोगितामा कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार