images
images

नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने अध्यक्ष ढकालको घोषणा

नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने अध्यक्ष ढकालको घोषणा

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • images
    images
    नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने अध्यक्ष ढकालको घोषणा
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यवसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा गरेका छन् । 

    images
    images

    ललितपुरमा बिहीबारबाट सुरु भएको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

    अध्यक्ष ढकालले नेपालमा व्यवसायिक वातावरणलाई अझै प्रभावकारी बनाउन महासंघले विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गरेका छन् । “मध्यस्थता केन्द्र स्थापना भएपछि नेपालमा व्यापारिक वातावरण झन् सुदृढ हुने विश्वास छ,” उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गर्ने मध्यस्थता केन्द्रले व्यवसायिक विवाद समाधानलाई सहज बनाउने मात्र नभई, नेपालको व्यवसायिक वातावरणलाई लगानीमैत्री बनाउन पनि सहयोग पु¥याउने अध्यक्ष ढकालको भनाइ छ ।

    व्यवसाय क्षेत्रका विवादलाई समयमै र निष्पक्ष रूपमा समाधान गर्ने प्रक्रियालाई सुलभ बनाउन वैकल्पिक विवाद समाधान (एडीआर) को महत्त्वमा अध्यक्ष ढकालले जोड दिए ।

    “निर्माण, पूर्वाधार, बैंकिङ र व्यापारजस्ता महत्त्वपूर्ण क्षेत्रमा उत्पन्न हुने विवादहरूलाई छिटो र न्यायसंगत रूपमा समाधान गर्न यो केन्द्रले विशेष भूमिका खेल्नेछ,” उनले भने । 

    अध्यक्ष ढकालले नेपाल सरकारले पछिल्लो समय लगानीसम्बन्धी कानुनी सुधारका क्षेत्रमा चालेका कदमहरूको प्रशंसा गरे । उनले भने “हामीले लगानीसम्बन्धी आठ महत्वपूर्ण कानून संशोधन गरेका छौँ, जसले प्रक्रियागत समस्या हटाउँदै पारदर्शिता र विश्वासको वातावरण निर्माण गरेको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार