images
images

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै पोलिसी बनाउने कुरा गर्दैन : अध्यक्ष ढकाल

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै पोलिसी बनाउने कुरा गर्दैन : अध्यक्ष ढकाल

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै पोलिसी बनाउने कुरा गर्दैन : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा नगर्ने बताएका छन् ।

    नेपाल जग्गा आवास तथा विकास महासंघको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । 

    अध्यक्ष ढकालले भने, “पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाइदाका लागि मात्रै पनि कुरा गर्छन् भन्ने परम्परागत बुझाईछ । तर, अहिले निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा गर्ने सम्भावना छैन । त्यो गर्नु पनि हुँदैन ।”

    अध्यक्ष ढकालले हामीले ल्याएको नीति नियमहरू परिमार्जन गर्नुपर्ने बताए । उनले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको बताए ।

    उनले  भने,  “हामीले पोलिसीहरू ल्याउँछौ । हामीले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको छ । यसलाई हामीले वास्तवमा समय सापेक्ष हिसाबबाट जान सकिएन भने, अथवा हामीले ल्याएका पोलिसीहरू सहि छैन भने करेक्सन नि गर्नु पर्यो । गलत पोलिसी ल्याइयो त्यसबाट रिजल्ट राम्रो आएन भने त करेक्सन पनि गर्नुपर्यो ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार