images
images

मनाइयो गीता जयन्ती, जीवन सञ्जीवनी नेपाली अनुवाद विमोचन

मनाइयो गीता जयन्ती, जीवन सञ्जीवनी नेपाली अनुवाद विमोचन

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • मनाइयो गीता जयन्ती, जीवन सञ्जीवनी नेपाली अनुवाद विमोचन
    images
    images

    गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँ र गीता परिवार नेपालको व्यवस्थापनमा विद्यार्थीहरू र गीता साधकहरूको सहभागितामा श्रीगीता जयन्ती भनाइएको छ । 

    गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा आयोजित सो समारोहमा स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराजको सान्निध्यमा एवं महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराज, पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. गोविन्द टण्डनलगायतको उपस्थितिमा श्रीगीता जयन्ती मनाइएको हो । 

    सो समारोहमा गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी श्री रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ को विमोचन गरिएको छ । 

    गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाले कार्यक्रममा गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरूको अनुवादको बारेमा जानकारी गराएका थिए । 

    उनले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भइरहेको र गीताप्रेस नेपालको स्थापनापछि हाल सम्म ५५ भन्दा बढ़ी पुस्तकहरू नेपाली भाषामा अनुवादित भएको बताए । 

    यसैगरी, अध्यक्ष सारडाले १८ पुराणलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य सहित आजको दिन सम्म श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुरण, श्री विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको र मत्स्यमहापुराण, लिङ्गपुराण, शुक सुधा सागरको नेपाली संस्करण आउने जानकारी दिए । 

    कार्यक्रमम पुशपतिनाथका मूल भट्ट गणेश रावलले आशिर्वाद प्रदान गरेका थिए । यसैगरी मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले शुभकामना व्यक्त गरेका थिए । 

    कार्यक्रममा स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराज र प्रमुख अतिथि परमहंस परिव्राजकाचार्य श्रोत्रियब्रह्मनिष्ठ निरञ्जन पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना एवं मार्गदर्शन दिएका थिए । 

    कार्यक्रममा उपस्थित महानुभावहरूलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गरेका थिए । 

    डा. वासुदेवकृष्ण शास्त्रीले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरू, विद्वतवर्ग, गुरु, विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार