images
images

सिएनआईले किन सुरु गर्यो सञ्चार संवाद श्रृङ्खला ?

सिएनआईले किन सुरु गर्यो सञ्चार संवाद श्रृङ्खला ?

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सिएनआईले किन सुरु गर्यो सञ्चार संवाद श्रृङ्खला ?
    images
    images

    काठमाडौँ / नेपाल उद्योग परिसंघले ‘सिएनआई सञ्चार संवाद’ सुरु गरेको छ ।  अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार आर्थिक मुद्दाहरूमाथि छलफल गर्न मासिक संवाद सुरु गरेका हुन् । 

    नीजि क्षेत्र र पत्रकार मित्रहरूसँग आर्थिक विषयमा लेख्ने पत्रकारहरूसँग समसामयिक आर्थिक मुद्दाहरूका विषयमा छलफल गर्न यस्तो संवाद श्रृङ्खला सुरु गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । 

    “हामीबीच छलफल वा संवाद हुनु जरूरी छ । आर्थिक क्षेत्रको कुरालाई सकारात्मक रूपमा लेख्ने हो भने सकारात्मक हुन्छ तर नकारात्मक तर्फ जाने हो भने त्यही हिसाबले जान्छ । आर्थिक मुद्दाको वास्तविक विषयमा छलफल गर्न यस्तो संवाद सुरु गरेका हौँ,” अग्रवालले भने । 

    कतिपय ठाँउमा समाचार पढेर नै मान्छेहरूले आफ्नो विचार राख्ने गरेकाले सही र सत्य जानकारी गराउन सञ्चार संवाद सुरु गरिएको उनले जानकारी दिए । यस्तो संवाद महिनामा एक पटक गरिने पनि उनले बताए । 

    फरक प्रसङ्गमा अध्यक्ष अग्रवालले मुलुकको लगानी नपुग्ने भएकाले विदेशी पुँजी ल्याउनुपर्ने र त्यो ल्याउँदा कुन ऐनको कुन दफाले प्रभाव पारेको छ भन्ने विषयमा बृहत छलफल हुनुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार