images
images

नेशनल लाइफ इन्स्योरेन्सको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, सातै प्रदेशका ३ सय बढी अभिकर्ताहरू सम्मानित

नेशनल लाइफ इन्स्योरेन्सको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, सातै प्रदेशका ३ सय बढी अभिकर्ताहरू सम्मानित

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • नेशनल लाइफ इन्स्योरेन्सको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, सातै प्रदेशका ३ सय बढी अभिकर्ताहरू सम्मानित
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको हो ।

    सुदुरपश्चिम प्रदेशबााट लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले मायाको चिनो प्रदान गरेका थिए । 

    साथै स्किमा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । 

    समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा ‘मिट द सिइओ’ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना  अभिकर्ताहरूलाई सम्मान गरिएसँगै यस स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने ३०० भन्दा बढी अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे । 

    कार्यक्रममा सहभागि अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरूका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । 

    उक्त योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार