काठमाडौँ / नेपाल टेलिकमले रिचार्ज कार्डहरू सहजै पाइन थालेको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै टेलिकमले विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसक्दा बजारमा रिचार्ज कार्डहरू सहज रूपमा पाउन नसकेमा हाल सो समस्या समाधान भइसकेको कम्पनीको जनाएको हो ।
केही सञ्चार माध्यमहरूमा रिचार्ज कार्डको अभावको कारणले टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भन्ने समाचार सत्यता नभएको टेलिकमको जिकिर छ ।
रिचार्ज कार्डको सहज रूपमा आपूर्ति नहुँदा ग्राहकहरूले विकल्पको रूपमा रहेका मोवाइल पोइन्ट अफ सेल र नमस्ते पे, इसेवा, खल्ती, आइमएई पेलगायतका डिजिटल वालेटहरू प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीले प्रष्ट पारेको छ ।