images
images

उपत्यकामा मेलम्चीको खानेपानी वितरण सञ्जालका सम्पन्न गरिएका ५७४ किमी नयाँ पाइपलाइनको अन्तिम परीक्षण कस्तो छ  ?

उपत्यकामा मेलम्चीको खानेपानी वितरण सञ्जालका सम्पन्न गरिएका ५७४ किमी नयाँ पाइपलाइनको अन्तिम परीक्षण कस्तो छ  ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • उपत्यकामा मेलम्चीको खानेपानी वितरण सञ्जालका सम्पन्न गरिएका ५७४ किमी नयाँ पाइपलाइनको अन्तिम परीक्षण कस्तो छ  ?
    images
    images

    काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीब्रता दिइएको आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले जनाएको छ । 

    जसअनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका मध्ये थप १६ वटा खानेपानी वितरण सञ्जाल (DMA) का ५ सय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परिक्षण सम्पन्न गरेको  आयोजना उपनिर्देशक एवम् प्रवक्ता ईन्जिनियर चन्द्र कुमार श्रेष्ठले बताए ।

    निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौं उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जाल (DMA)  का जम्मा ९ सय ८० किलोमिटर नयाँ पाइपलाइन मध्ये थप ५ सय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको 

    अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको भनिएको छ । 


    यसअघि, पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सञ्जालको जम्मा ३ सय ५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।

    हाल अन्तिम परिक्षण सम्पन्न भएका र यसअघि परिक्षण सम्पन्न गरी हस्तान्तरण गरिएका समेत गरी जम्मा ३० वटा म्ःब् का ९ सय २४ किलोमिटर नयाँ पाइपलाइनको परिक्षण सम्पन्न भएको छ ।

     यस्तैगरी  काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका ३ वटा (DMA) हरूका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परिक्षण समेत यही डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको  आयोजना उपनिर्देशक एवम श्रेष्ठले बताए । 

    निर्देशनालयबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइन रहेको छ ।

    यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको छ ।

    यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरू र थोक वितरण प्रणालीहरू हाल संचालनमा छन् । 

    साथै, खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको  र चुहावटको समस्या खासै नदेखिएको  प्रवक्ता श्रेष्ठले बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार