images
images

उपनिर्वाचन : हालसम्म ३४ पदमा कहाँ कसले जिते ?

उपनिर्वाचन : हालसम्म ३४ पदमा कहाँ कसले जिते ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • उपनिर्वाचन : हालसम्म ३४ पदमा कहाँ कसले जिते ?
    images
    images

    काठमाडौँ / स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको निर्वाचनको ३४ पदको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको ३४ स्थानको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेस १५ वडामा विजयी भएको छ । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा जितेको छ भने नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।   

    त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पद जितेको छ । 

    कांग्रेसले जितेका स्थान

    १. अर्जुनप्रसाद तिवारी – वडाध्यक्ष, हेटौडा उपमहानगरपालिका –१२ 

    २. धीरेन्द्र पुजारा – वडाध्यक्ष, सुर्मा गाउँपालिका–४, बझाङ

    ३. आनन्द श्रेष्ठ – वडाध्यक्ष, मुसिकोट नगरपालिका १, गुल्मी

    ४. प्रकाश चन्द – वडाध्यक्ष, भीमदत्त नगरपालिका ६, कञ्चनपुर  

    ५. अमिन थारु – वडाध्यक्ष, ठाकुरबाबा नगरपालिका ४, बर्दिया

    ६. तेतर साहु – वडाध्यक्ष, गढी गाउँपालिका ६, सुनसरी

    ७. भूपमणि पुन मगर – वडाध्यक्ष, रुन्टीगढी गाउँपालिका ४, रोल्पा

    ८. शेख अब्दुल खलिक – वडाध्यक्ष, ईशनाथ नगरपालिका ७, रौतहट

    ९. मोतीराम खत्री – वडाध्यक्ष, सानीभेरी गाउँपालिका ५,  रुकुम पश्चिम

    १०. इच्छा कुमार महर्जन – वडाध्यक्ष, कीर्तिपुर नगरपालिका १, काठमाडौँ  

    ११. मोहन थापा – वडाध्यक्ष, पूर्वीचौकी गाउँपालिका ६, डोटी  

    १२. नगेन्द्र लिम्बु – वडाध्यक्ष, लालीगुराँस नगरपालिका ८,  तेह्रथुम 

    १३. धन सिंह कुँवर – वडाध्यक्ष, दुहुँ गाउँपालिका ५, दार्चुला  

    १४. खम्ब बहादुर सिंह – वडाध्यक्ष, कुसे गाउँपालिका ७, जाजरकोट

    १५. समसे आलम – वडाध्यक्ष, राजपुर नगरपालिका ६,  रौतहट 

    नेकपा एमाले जितेका स्थान

    १. सुलोचना भण्डारी – उपाध्यक्ष, स्वामिकार्तिक गाउँपालिका, बाजुरा  

    २. जंगबहादुर शाही – वडाध्यक्ष, महाबु गाउँपालिका, दैलेख 

    ३. मोहमद ताहिर मुसलमान – वडाध्यक्ष, शुद्धोधन गाउँपालिका १, कपिलवस्तु

    ४. सकिवुल खाँ – वडाध्यक्ष, रामगोपालपुर नगरपालिका २, महोत्तरी  

    ५. गंगा बहादुर तामाङ – वडाध्यक्ष, मोलुङ गाउँपालिका ५, ओखलढुङ्गा 

    ६. कुमारी सावादेन – वडाध्यक्ष, सिरीजङ्घा गाउँपालिका ३, ताप्लेजुङ्  

    ७. लालबहादुर शाही – वडाध्यक्ष, दुल्लु नगरपालिका १३, दैलेख 

    माओवादी केन्द्र

    १. मो नारायण माझी – अध्यक्ष, ग्रामथान गाउँपालिका, मोरङ

    २. देवका लामिछाने – उपप्रमुख, नलगाड नगरपालिका, जाजरकोट 

    ३. शुनिल कापर केवट – वडाध्यक्ष, धनुषाधाम नगरपालिका १, धनुषा 

    ४. बिष्‍णु बहादुर मगर – वडाध्यक्ष, गोरखा नगरपालिका ५, गोरखा  

    ५. जगत घर्ती काजु – वडाध्यक्ष, पुथा उत्तरगंगा २, रुकुमपूर्व  (यसअघि नै निर्विरोध)

    ६. नविन कुमार वान्तवा राई – वडाध्यक्ष, त्रियुगा नगरपालिका १२,  उदयपुर

    ७. कृष्ण घिमिरे – वडाध्यक्ष, ककनी गाउँपालिका २, नुवाकोट

    जसपा नेपाल

    १. धिरेन्द्र कुमार साह – वडाध्यक्ष, डाक्नेश्वरी नगरपालिका १, सप्तरी  

    २. देवेन्द्र प्रसाद यादव – वडाध्यक्ष, डाक्नेश्वरी नगरपालिका ४, सप्तरी  

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

    १. रोजिना श्रेष्ठ – वडाध्यक्ष, काठमाडौँ महानगरपालिका – १६, काठमाडौँ 

    नेकपा एकीकृत समाजवादी

    १. बजरंगी प्रसाद यादव – वडाध्यक्ष, गढिमाई नगरपालिका– ८, रौतहट

    नेमकिपा

    १. खड्ग राज शाही – वडाध्यक्ष, तिलागुफा नगरपालिका ४, कालीकोट  

    स्वतन्त्र

    १. लक्ष्मीप्रसाद ओली – वडाध्यक्ष, कन्काई नगरपालिका ६ , कालीकोट 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार