images
images

नेपाल प्रिमियर लिग : नेपाल डिपि र लुम्बिनी लायन्स फ्रेंचाइजबिच साझेदारी

नेपाल प्रिमियर लिग : नेपाल डिपि र लुम्बिनी लायन्स फ्रेंचाइजबिच साझेदारी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • नेपाल प्रिमियर लिग : नेपाल डिपि र लुम्बिनी लायन्स फ्रेंचाइजबिच साझेदारी
    images
    images

    काठमाडौँ / नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य कम्पनी (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवर्द्धन गरेको पब्लिक कम्पनी)ले नेपाल प्रिमियर लिग (एनपिएल) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । 

    सम्झौतासँगै नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाको उपस्थितिमा भएको थियो ।

    प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केट (सेयर मार्केट)को बारेमा जनचेतना सिर्जना गर्नु हो । 

    नेपाल डिपि लिमिटेडले यसको प्रवर्द्धन स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम (प्यानल डिस्कसन प्रोगाम) आयोजना गर्नेछ ।

    कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरूमा विशेष योजनाहरू पनि घोषणा गर्नेछ । लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन । 

    फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आइपीएल (आइपिएल) ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व  U-19 वर्ल्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।

    नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले मङ्सिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार