images
images

दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रूपमा काम गरेको छ  : अध्यक्ष केसी

दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रूपमा काम गरेको छ  : अध्यक्ष केसी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • images
    images
    दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रूपमा काम गरेको छ  : अध्यक्ष केसी
    images
    images

    गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रूपमा नेपालीहरूलाई सहयोग पुर्याइरहेको बताएका छन् । 

    images
    images

    जापानको राजधानी टोकियोमा आयोजित १४औँ नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताएका हुन् । 

    उक्त अवसरमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गरे। 

    विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उनले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने बताए । 

    ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल जारी छ । 

    एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामाले बताए ।

    नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो।

    नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फेस्टिवलमा एनआरएनए जापानका महासचिव टिकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले कार्यक्रम सञ्चालन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार