images
images

चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी

चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी
    images
    images

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन् । शनिबार नेपाल–चीन सम्बन्धमा रूपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताएका हुन् ।

    मन्त्री अधिकारीले भने, “नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नु अघि त्यसको पूर्व तयारी हुनुपर्छ । आवश्यकताका आधारमा अनुदान लिने हो र आवश्यक परेको खण्डमा ऋण पनि लिने हो । त्यसैले, हामीले चीनबाट ऋण लिदै नलिने भनेको होइन । सकेसम्म अनुदान नै लिन खोज्ने हो ।”

    उनले थपे, “कुनै कुरा बुझेर मात्र अघि बढ्नुपर्छ । यहाँ गलत अर्थ लगाएर बुझियो । चीनसँग ऋण लिने छैन, अनुदान मात्रै लिने छ र सम्बन्ध बिगार्ने भन्ने हो भन्ने कुरा आयो । त्यस्तो होइन । चीनसँगको सम्बन्धलाई हामी सधैं सकारात्मक र पारस्परिक लाभकारी बनाउने छौँ ।”

    मन्त्री अधिकारीले नेपाल र चीन बीचको आर्थिक सहकार्यलाई स्पष्ट पार्दै आगामी दिनमा दुई राष्ट्र बीचको साझेदारीलाई अझ प्रगाढ बनाउन आग्रह गरेका छन ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार