images
images

कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएका शिखर धवन के भन्छन् ?

कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएका शिखर धवन के भन्छन् ?

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएका शिखर धवन के भन्छन् ?
    images
    images

    काठमाडौँ / कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् ।

    हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएका धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका हुन् । 

    उनलाई शुक्रबार कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरलेले स्वागत गरेका थिए ।

    नेपाल झरेपछि उनले भने, ‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु,’ धवनले भने, “यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।”

    ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । 

    धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा छन् ।

    टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् ।

    ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन् ।

    यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ ।

    ३८ वर्षीय बायाँहाते ओपनर धिवनले भारतको राष्ट्रिय टोलीसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन् । 

    धवनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो र चर्चित नाम हुन् ।

    1.jpg

    उनले नेपालमा रहँदा पशुपतिनाथ  मन्दिर दर्शन गर्ने तथा सगरमाथा चड्न प्रयास गर्ने जानकारी गराए । उनले आफूजस्ता खेलाडीबाट नेपालका नयाँ खेलाडीले अनुभव साट्ने बताएका छन् । उनले भने, “अनुभवी खेलाडी आएर नेपालमा खेल्नु नयाँ पुस्ता खेलाडीको लागि सुखद् रहेको छ । त्यसले फरक माहोल बन्नेछ र नयाँ खेलाडीको मनोबल बढाउने छ ।”

    उनले सन्यास लगत्तै नेपाल आएर खेल्न मौका मिलेको कारण जानकारी गराए ।

    उनले थपे, “संन्यास नलिँदा सम्म बाहिर खेल्न अनुमती हुँदैन । मैले अहिलेसम्म नेपाल देखेको थिइन, हामीसँग नेपालका धेरै मान्छे छन् । भाषा पनि मिल्छ त्यसैले मौका मिलेसँगै नेपाल आएको हुँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार