images
images

गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड
    images
    images

    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत अन्तर्क्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्तर्किया आयोजना गरेको हो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बिनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

    प्रदेश सरकारलाई बलियो बनाउने गरि आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरूपमा सञ्चालन गर्नका लागि सरकार प्रयासरत रहेको उनले बताए ।

    नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने उनको भनाइ छ । लुम्बिनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ । 

    News1.jpg

    लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पूर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए । 

    भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुःख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ । लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले बताए ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार