images
images

एनपीएलका लागि टीम जनकपुर बोल्ट्सद्वारा नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता

एनपीएलका लागि टीम जनकपुर बोल्ट्सद्वारा नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • एनपीएलका लागि टीम जनकपुर बोल्ट्सद्वारा नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता
    images
    images

    काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखि उत्पादन गर्दै आएको छ ।

    नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाईल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौता पत्र आदन प्रदान गरेका थिए । 

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनिस झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भव्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।  

    नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले भने, “नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएके स्थानहरु को गरिमा बडाउँछ, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौँ ।”

    यसरी नै जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठले भने, “नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौ ं। यसमा थप्दै, नेपोभिट टाइलस्को निर्देशका  विभा झाले सम्पूर्ण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी भएका टिमलाई जितको शुभकामना व्यक्त गरे । 

    अन्त्यमा, नेपोभिट टाइलस्का अध्यक्ष शम्भु नाथ झा र निर्देशका विभा झाले, विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनिस झा, जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत मङेश चौधरीलाई माला र खादा अर्पण गरी जनकपुर बोल्ट्सको सफलताका लागि शुभकामना प्रदान गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार