images
images

सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका टुर्स

सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका टुर्स

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • images
    images
    सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका टुर्स
    images
    images

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र राइका टुर्स एण्ड ट्रेक्स प्रालिबीच प्रायोजन सम्झौता भएको छ ।राइका र रोयल्सबीच ट्राभल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । 

    images
    images

    सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमर बहादुर शाहीले हस्ताक्षर गरे । मालिक शाहले सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै टिममाथि देखाएको विश्वास सुखद नतिजाले फर्काउने बताए । 

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।

    एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । 

    सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार