images
images

नेपालबाट चार आइसिटी कम्पनीहरू एपिक्टा अवार्डस् २०२४ ब्रुनेईमा सहभागी हुँदै

नेपालबाट चार आइसिटी कम्पनीहरू एपिक्टा अवार्डस् २०२४ ब्रुनेईमा सहभागी हुँदै

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • नेपालबाट चार आइसिटी कम्पनीहरू एपिक्टा अवार्डस् २०२४ ब्रुनेईमा सहभागी हुँदै
    images
    images

    नास आइटी अवार्ड्स २०२४ मा चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएको छ । विभिन्न विधामा भाग लिएका कम्पनीहरूमध्ये चारवटा आइसिटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुने भएका हुन् ।

    यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ। नेपाली कम्पनीहरूको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन सहयोग पुग्ने नास आइटीे जनाएको छ । 

    एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। 

    यसवर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।

    एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरू हुन् ।

    ● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)

    ○ फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)

    ● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य  टेक्नोलोजी प्रा. लि.)

    ○ सेकुरिटी सोल्युसन्स

    ● ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)

    ○ प्रफेशनल सर्भिसेज सोल्युसन्स

    ● एल.एम.सी  एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)

    ○ गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

    उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीहरूलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिनेछ। 

    नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवर्द्धनको लागि महत्त्वपूर्ण कदमको रूपमा हेरेको कम्पनीले जनाएको छ । 

    नास आइटीका अनुसार यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउनेछ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार