images
images

एनपिएलका लागि कर्णाली याक्सको मूख्य प्रायोजक बन्यो अग्नी ग्रुप

एनपिएलका लागि कर्णाली याक्सको मूख्य प्रायोजक बन्यो अग्नी ग्रुप

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • एनपिएलका लागि कर्णाली याक्सको मूख्य प्रायोजक बन्यो अग्नी ग्रुप
    images
    images

    काठमाडौँ / आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ। शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो । 

    सम्झौतामा कर्णाली याक्समा मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरे । सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह-मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

    02.JPG

    सम्झौतापछि बोल्दै महिन्द्रा, अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना ब्यक्त गरिन् ।उनले भनिन्, “आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं । कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना ।” 

    यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो ।

    news mahindra.JPG

    ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

    त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

    टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् ।

    10.JPG

    ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

    यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार