images
images

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स
    images
    images

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ । सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । 

    सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । 

    “सलिकोको विश्वास र भरपर्दो प्रतिबद्धता हाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमा मात्र होइन, हाम्रो भविष्यलाई पनि सुरक्षित बनाउन मद्दत पुर्याउँछ । हामी एक साथ मिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाइमा पुर्याउने एक बलियो र विजयी साझेदारी निर्माण गर्दैछौँ,” उनले भने । 

    सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण सिर्जना गर्न यो सहकार्य गरिएकोमा जोड दिए । 

    “हामीले टिमको हरेक सदस्यको विमा व्यवस्था गरेका छौँ। यसले खेलाडीहरू निर्धक्क रूपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएरका छौँ । यस सहकार्यलाई हामीले सुरुवातको रुपमा लिएका छौँ र आउने दिनमा दयारा अझ फराकिलो हुँदै जानेछ,” उनले थपे । 

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । 

    एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

    सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

    सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार